Homeबिश्व खवरहेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु

हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु

भक्तपुर, ०७ जेष्ठ २०८१: हेलिकोप्टर दुर्घटनामा परि इरानी राष्ट्रपति इब्राहिम रायसीको मृत्यु भएको छ। आइतबार भएको हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति रायसीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेको हो।

सोमबार राष्ट्रपति रायसीको हेलिकोप्टरको भग्नावशेष भेटिएपछि उनको मृत्यु भएको पुष्टि भएको जनाइएको छ। उक्त दुर्घटनामा परि विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान लगायत हेलिकोप्टरमा सवार अन्य व्यक्तिको पनि मृत्यु भएको थियो।

समाचार एजेन्सी एपीका अनुसार हेलिकोप्टरमा इरानी राष्ट्रपति रायसीका अङ्गरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू सवार थिए।

दुर्घटनामा राष्ट्रपति सवार बेल-२१२ हेलिकोप्टरको पछाडिको केही भागबाहेक सबै जलेको जनाइएको छ।

RELATED ARTICLES
- Advertisment -

Most Popular

Recent Comments