Homeमनोरञ्जनअडियो नोभेल 'अधुरो प्रेम'मा चलचित्र बन्ने

अडियो नोभेल ‘अधुरो प्रेम’मा चलचित्र बन्ने

भक्तपुर, ०७ जेष्ठ २०८१: चर्चित कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा चलचित्र बन्ने भएको छ। शनिवार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा ‘अधुरो प्रेम’मा चलचित्र बन्ने घोषणा गरेका हुन्।

चलचित्रलाई शिशिर खातीले निर्देशन गर्ने छ। घोषणा कार्यक्रम मा चलचित्रकोको थिम पोस्टर पनि सार्वजनिक गरिएको थियो। यस चलचित्रको शीर्षक पनि अडियो नोभेलको नामबाट ‘अधुरो प्रेम’ नै राखिएको छ। साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडी अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडियो नोभेल ‘अधुरो प्रेम’ हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ।

आफ्नो कथामा चलचित्र बन्न लागेकोमा त्यसको जस दर्शकलाई दिँदै साइग्रेसले यो कथा आफ्नो मुटुको सबैभन्दा नजिकको रहेको बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments