भक्तपुर, ११ असार २०८१: भक्तपुरका चार वटा नगरपालिका मध्ये मध्यपुर थिमि नगरपालिकाको बजेट उच्च रहेको छ। आर्थिक वर्ष २०८१/८२ को बजेट बिनियोजन गर्दा मध्यपुर थिमि नगरपालिकाले विनियोजित गरेको रकम उच्च रहेको हो।
असार १० गते सोमबारका दिन भक्तपुरका चारै वटा नगरपालिकाले आफ्नो क्षेत्रको बजेट विनियोजन गरिएको थियो। आउँदो आर्थिक वर्ष २०८१/८२ को लागि मध्योपुर थिमि नगरपालिकाले कुल रु ३ अर्ब २२ करोड ७० लाख ४ हजार ५ सय बजेट बिनियोजन गरिएको उपप्रमुख बिजय कृष्ण श्रेष्ठले जानकारी दिएका छन्। नगरपालिकाको संचिति कोषबाट व्यहोर्ने गरी रु १ अर्ब ६९ करोड ९ लाख १३ हजार ५ सय र आयोजनाहरु, अस्पताल, सडक बोर्ड, सामाजिक सुरक्षा भत्ता गरी सो बजेट विनियोज गरिएको उनले जनाए।
उपप्रमुख श्रेष्ठका अनुसार कमेरोटार जग्गा एकीकरण आयोजनामा रु ५७ करोड ६१ लाख ४३ हजार, सिन्टिटार जग्गा एकीकरण आयोजनामा रु २१ करोड २४ लाख ९१ हजार, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा रु ५२ करोड ४ लाख ५७ हजार, सडक बोर्डको रु ७० लाख र सामाजिक सुरक्षा भत्तामा २२ करोड गरी जम्मा रु १ अर्ब ५३ करोड ६० लाख ९१ हजार विनियोजन भएको हो।
आर्थिक वर्ष २०८१।०८२ को लागि नगर प्रमुखबाट प्रस्तुत भए बमोजिमको नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न सुशासन तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाहको लागि रु ३ करोड ११ लाख ५० हजार, शिक्षा, स्वास्थ्य र खेलकुद विकासका लागि रु १० करोड ५० लाख ९५ हजार, सामाजिक समावेशीकरणका लागि रु ९४ लाख ९५ हजार, कृषि तथा पशुपन्छी विकासका लागि रु ९१ लाख, उद्योग, वाणिज्य, सहकारी तथा रोजगारी प्रबर्द्धनका लागि रु ९१ लाख विनियोजन गरेको उपप्रमुख श्रेष्ठको भनाइ छ।
त्यस्तै गरी वन, वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका लागि रु १ करोड ८३ लाख, कला, संस्कृति, सम्पदा तथा पर्यटन प्रवर्द्धनका लागि रु १ करोड ४० लाख, पूर्वाधार विकासका लागि रु ६३ करोड ३२ लाख, सूचना प्रविधिका लागि रु १ करोड ८१ लाख ६० हजार, प्रशासनिक, राजश्व लगायतका अन्य विविध शिर्षकमा रु १९ करोड ४८ लाख ६५ हजार विनियोजन गरेको उनले बताए।
बजेट प्रस्तुत गर्दै उनले भने, ‘आगामी आर्थिक वर्षको लागि प्रस्तावित कार्यक्रम कार्यान्वयन गर्न रु १ अर्ब ६९ करोड ९ लाख १३ हजार ५ सय विनियोजन गरेको छु। कुल विनियोजन मध्ये पुँजीगत तर्फ रु ९८ करोड ३७ लाख ३५ हजार ५०० र चालुतर्फ रु ७० करोड ७१ लाख ७८ हजार ब्यबस्थापन गरेको छु। कुल विनियोजनको चालुतर्फ ४१८२ प्रतिशत र पुँजीगत तर्फ ५८१८ प्रतिशत रहेको छ।’
आगामी वर्षको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक आयबाट रु ६१ करोड ५३ लाख ८ हजार, राजश्व बाडफाडबाट ३५ करोड ८८ लाख ५० हजार ५ सय र अन्तरसरकारी वित्त हस्तान्तरण संघीय सरकार ६० करोड १ लाख ४४ हजार, बागमती प्रदेश सरकारबाट १० करोड ६६ लाख ११ हजार लागत सहभागिता १ करोड आय अनुमान गरिएको उनले बताए।
भक्तपुर नगरपालिकाले दुई अर्व ६६ करोड ४२ लाख १० हजार विबियोजा गरिएको छ भने सूर्यविनायक नगरपालिकाको २ अर्व २४ करोड विनियोजन गरिएको हो। त्यस्ती गरी चाँगुनारायण नगरपालिकाले २ अर्व ८ करोड १८ लाख ९३ हजार ५ सय बजेट विनियोजन गरिएको छ जुन चारै वटा नगरपालिका मध्येको कम बजेट हो।