भक्तपुर, १३ असार २०८१: अर्थ मन्त्रालयले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ। अर्थ मन्त्रालयले असार १० गते मन्त्रीपरिषदको बैठकमा सो सहायता स्वीकार गर्ने निर्णय गरेको हो।
साथै मन्त्रालयले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पको कारण भएको क्षतिको पुनर्निमाण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने भनि निर्णय गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानतर्फ विनियोजन भएको कुल रकम रु. ८७ अर्ब ३५ करोड २९ लाखको त्रियानब्बे प्रतिशतले हुने रकम रु. ८१ अर्ब २३ करोड ८१ लाखमध्ये रु. ६४ अर्ब २४ करोड ५९ लाख हस्तान्तरण भएकोले हस्तान्तरण हुन बाँकी रकम रु. १६ अर्ब ९९ करोड २२ लाखलाई तत् तत् स्थानीय तहमा सोही अनुपातको आधारमा हस्तान्तरण गर्ने पनि मनत्रालयले निर्णय गरेको थियो।
२०८१ असार २७ गतेदेखि २९ सम्म चीनको बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा माननीय अर्थमन्त्रीको भ्रमण स्वीकृत गर्ने निर्णय मन्त्रीपरिषदले गरेको हो।