भक्तपुर, १३ असार २०८१: बिहिबार वन दिवसको अवसर पारेर मध्यपुर थिमिमा बृक्षारोपन गरिएको छ। मध्यपुर थिमि वडा नं चारस्थित वनदेवी परिषरमा बृक्षारोपन गरिएको हो।
`स्वच्छ र सुन्दर नगर, हाम्रो रहर´ नारासहित नेकपा(माओबादी केन्द्र) मध्यपुर थिमि नगर समितीले सो कार्यक्रम आयोजना गरिएको थियो। नेकपा(माओबादी)का केन्द्रिय सदस्य दिलिप प्रजापतिले फुलको बोट रोपी बृक्षारोपनको कार्यक्रमको उद्घाटन गरेका थिए।
सिलिनडरको अक्सिजन भन्दा बोट बिरुवाबाट पाउने अक्सिजन स्वस्थ र स्वास्थ्यको लागि फैदजनक हुने भएकाले बृक्षारोपनको कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
आजको बृक्षारोपनको कार्यक्रममा bougainvillea नामक फुलका बोटहरु रोपिएको मध्यपुर थिमिका उपप्रमुख एवं नेकपा माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीका संयोजक बिजय कृष्ण श्रेष्ठले जानकारी दिएका छन्।