भक्तपुर, १३ असार २०८१: माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनी भएको छ। यस वर्ष परिक्षामा सभागी भएका नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण गरेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसार ५२.१४ प्रतिशत परीक्षार्थीले नन ग्रेड (एनजी) अर्थात् ३५ प्रतिशत भन्दा कम अङ्क ल्याएका छन्।
परीक्षामा १८६ जनाले ४ जिपिए ल्याएका छन् भने दुई सय २१ जनाको परीक्षा रद्द भएको बोर्डले जनाए।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने छ। नेपाल टेलिकममार्फत १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी प्रालि ३५००१ मा कोडमा, इजी सर्भिस प्रालिमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड राखेर एसएमएस गरेर नतिजासम्बन्धी विवरण हेर्न सकिने छ।
नेपाल टेलिकम, खल्ती, ई सेवा, एनसेललगायतका वेबसाइटमार्फत पनि नतिजा विवरण हेर्न सक्नेछन्।