Homeमनोरञ्जनप्रधानमन्त्री दाहालले दिए नेपाल आइडलका विजेता परियारलाई बधाई

प्रधानमन्त्री दाहालले दिए नेपाल आइडलका विजेता परियारलाई बधाई

भक्तपुर, १३ असार २०८१: प्रधानमन्त्री पुष्प कमल दाहालले नेपाल आइडलका विजेता कारण परियारलाई बधाई दिएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले परियारलाई बधाई दिएका हुन्।

उक्त अवसरमा प्रधानमन्त्री दाहालले विजेता परियारलाई गितार उपहार दिए। प्रधानमन्त्री दाहालले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए।

प्रधानमन्त्री दाहालले परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments