Homeसमाचारकरिव ६ रोपनी जग्गामा माथिनपाको भवन निर्माण गर्ने

करिव ६ रोपनी जग्गामा माथिनपाको भवन निर्माण गर्ने

भक्तपुर, २१ असार २०८१: मध्यपुर थिमि नगरपालिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाको भवन निर्माण गर्न जग्गा पास भइ सकेको जानकारी दिएका छन्। आज रफत संचार क्लव, भक्तपुरले आयोजना गरिएको नगरपालिकाको विकास-निर्माण र प्रवाहसम्बन्धी अन्तर संवाद कार्यक्रममा सो जानकारी दिएका हुन्।

नगरप्रमुख श्रेष्ठले नगरपालिकाको भवन निर्माण गर्ने ठाउँमा हाल विद्यालय संचालनमा रहेको र सोहि विद्यालयलाई स्थानान्तरण गरि करिव छ रोपनी जग्गामा भवन निर्माण गरिने बताएका छन्।

नगरप्रमुख श्रेष्ठले भने, यस वर्ष नगरपालिकाको आफ्नो भवन निर्माण गर्न जग्गा पास गरिसकेका छौं। सम्भवत यो दशैंलाई नै हामी एउटा शिलान्यासकै वातावरण बनाउनु पर्छ भनेर हामीले पूर्वाधारको डिजाइन पनि बनाइ सकेका छौं। यो वर्ष मध्यपुर थिमि वडा नं ५ स्थित जर्गो जुन ठाउँमा विद्यालय पनि संचालनमा रहेको छ। हामीले स्कूललाई स्थानान्तरण गरेर लगभग छ रोपनी जग्गामा नगरपालिकाको भवन बनाउँदै छौं।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments