मध्यपुर थिमि नगरपालिकामा यस वर्षको भैलः प्याखं मथिनपा-५ ताहनानीबाट संचालन हुने भएको छ। सांस्कृतिक एवं ऐतिहासिक धार्मिक महत्व बोकेको तान्त्रिक बिधाबाट नचाईने थिमि भैलः प्याखं यस वर्ष ताहनानी बाट संचालन हुने भएको हो।
भैल प्याखं नचाउनाले देशमा बिध्न बाधा नआउने जनबिश्वास रहेको छ। यो वर्ष भैल प्याखं पुनः जागृत गर्न जेष्ठ नागरिक देखि युवाहरु अगाडि बढेका छन्। नाचका कलाकारहरु क्रमशः ज्यापुंग कृशल प्रजापति न्हापा भैल अशोक प्रजापति लिपा भैल बाल मुकुन्द प्रजापती न्हापा दागें आयुष प्रजापति लिपा दागें साहिल प्रजापती रहेका छन्।
अहिले ताहाननीमा बाजा तथा नाचको तालिम भैरहेको छ। हिजो गुरुपुर्णिमा दिन भैल प्याखंको दिन भैल नाचका गुरु, बाजाका गुरु, पोंगाका गुरु, तथा नाचमा जोदिएका युवा कलाकारहरुले नित्यनाथको पुजा गरि प्रसाद वितरण गरि सम्मान गरिएको थियो। सो कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख बिजय कृष्ण श्रेष्ठ तथा ५ वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ सहित मध्यपुर वासिको उपस्थिति रहेको थियो।
सो क्रममा उपप्रमुख श्रेष्ठले भैल प्याखं हाम्रो अमुर्त सम्पदा रहेको नाचमा युवा पुस्ता जोदिनु खुशीको कुरा रहेको पुस्तान्तरणको प्रक्रिया अगाडि बढेको बताए। यसले हाम्रो अमुर्त सम्पदाले जिबन्तता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उपप्रमुख श्रेष्ठले नाच संचालनको लागि नगरपालिकाबाट आवश्यक सहयोग रहने जानकारी समेत दिए।