Homeकला/संस्कृतिजलाखुमा कलात्मक प्रवेश द्वार उद्घाटन

जलाखुमा कलात्मक प्रवेश द्वार उद्घाटन

भक्तपुर, १० श्रावण २०८१: बुधबार मध्यपुर थिमि नगरपालिका वडा नं ५ जलाखुमा कलात्मक प्रवेश द्वार उद्घाटन गरेको छ। जलाखुको कलात्मक प्रवेश द्वारको उद्घाटन बागमती प्रदेशका कृषि पशुपन्छी बिकास मन्त्री माननिय डा.राजेन्द्र मान श्रेष्ठले गरेका हुन्।

बागमती प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्रालयको आर्थिक सहयोगमा मध्यपुर थिमि नगरपालिकाको वडा न ५ जलाखुमा सो ध्वाका निर्माण भएको बुद्धिकुमार श्रेष्ठले बताएका छन्। उनका अनुसार बागमती प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्रालयले ध्वाका निर्माण गर्न २९ लाख भन्दा माथिको रकम सहयोग गरेको थियो।

उद्घाटन कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले विकासको बजेटलाई आफूहरुले रोक्न नहुने तर्क राखेका छन्। विकास योजनाको लागि प्रदेश सरकारबाट आएको बजेटमा काम गर्दै गर्दा नगरपालिका संग समन्वय नगरेको प्रमुख श्रेष्ठको गुनासो छ।

उनले भने, “विगतमा के भयो भन्दा पनि, हामी आइ सके पछि विकास बजेटलाइ रोक्नु हुदैन भन्ने कुरामा हामी अधिक छौँ। पूर्वाधार विकासको लागि विभिन्न प्रदेशबाट आएको बजेटको काम गरिरहँदा नगरपालिकासंग समन्वय गरेन। यो सबै भन्दा ठुलो कुरा।” उनका अनुसार एउटा बजेटमा ४/५ समूह आएर दावी गरेको छ।

मध्यपुर थिमि नगरपालिका पुरातात्त्विक ऐतिहासिक बस्ती हो। लिच्छविकालिन तथा मल्लकालिन सम्पदाहरुले सुसज्जित यस नगरपालिकामा प्रवेश गर्ने सबै ठाउँमा यस्तै ध्वाकाहरु रहेको थियो जुन समयक्रमसङ्गै भत्किदै हराउँदै गएको नगरपालिकाका उपप्रमुख बिजय कृष्ण श्रेष्ठले बताए। उनका अनुसार यस्ता हराएका ध्वाकाहरुलाई पुनः जीवन दिन निर्वाचित जनप्रतिनिधिहरु लागिरहेको छन्। यसले मध्यपुर थिमि नगरपालिकालाई पर्यटकिय गन्तव्य बनाउने लक्ष्य पुर्तीगर्न एबं नगरको सुन्दरतामा थप सहयोग मिल्ने बिश्वास उपप्रमुख श्रेष्ठको छ।

कार्यक्रममा वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ, पुर्व नगरप्रमुख दनकृष्ण श्रेष्ठ तथा पुर्व जिल्ला सभापति रमेश श्रेष्ठ सहित स्थानिय बासिन्दाको उपस्थिति रहेको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments