Homeसमाचारएनएसदि-सीइए कार्यक्रमको अभिमुखीकरण सम्पन्न

एनएसदि-सीइए कार्यक्रमको अभिमुखीकरण सम्पन्न

भक्तपुर, १० श्रावण २०८१: बुधबार सल्यानको दार्मा गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीले एनएसदि-सीइए कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। सोसाइटीले मानविय मुल्य तथा संचार विभाग अन्तर्गत ब्रिटिस रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित एनएसदि-सीइए कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो।

उक्त कार्यक्रममा रेडक्रसबाट आगामी समयमा गरिने गतिविधिहरु, सीइए नीति, सीइए मूल प्रवाह निर्देशिका, बिबिसी निर्देशिका, प्रतिक्रिया र गुनासो ह्यान्डलिंग दिशानिर्देशको बारेमा जानकारी प्रदान गरिएको छ। कार्यक्रममा गुनासो र सुझाव संकलन गर्न उपशाखास्तरमा गुनासो व्यवस्थापन समिति र गुनासो सुन्ने अधिकारी समेत चयन गरिएको छ।

उक्त कार्यक्रममा दार्मा उपशाखा कार्यसमिति, कर्णाली भुकम्प पुर्नलाभ कार्यक्रमका कर्मचारी, दार्मा गाँउपालिकाका प्रतिनिधि गरि २३ जनाको सहभागिता रहेको थियो ।

दार्मा उपशाखाका सभापति अनन्त प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला शाखाका मन्त्री इन्द्र शर्माको उपस्थिति रहेको थियो भने कार्यक्रको सहजीकरण मानवीय मुल्य तथा संचार विभागका बरिष्ठ अधिकृत सन्तोष न्यौपाने र ब्रिटिश रेडक्रसका बरिष्ठ सामुदायिक संलग्नता तथा जवाफदेहिता अधिकृत गिता पाण्डेले गरेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments