भक्तपुर, १० श्रावण २०८१: तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ परेका छन्। बुधबार स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसी रहेका छन्।
काठमाडौँबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको प्रहरीले जनाइएको हो।