भक्तपुर, ११ श्रावन २०८१: अमेरिकी डेमोक्र्याटिक सिनेटर बब मेनेन्डेजले राजीनामा दिने भएका छन्। आफ्नो सङ्घीय भ्रष्टाचार मुद्दामा दोषी ठहरिएसँगै उनले राजीनामा दिन लागेका हुन्।
मेनेन्डेजले आधिकारिक रूपमा न्यु जर्सीका गभर्नर फिलिप डी. मर्फीलाई लेखेको पत्रमा राजीनामा गर्ने उल्लेख गरेका छन्। जसले जनवरीसम्म सेवा गर्ने प्रतिस्थापनलाई तुरुन्तै नियुक्त गर्ने अपेक्षा गरिएको छ।
न्यु जर्सीका सिनेटर र शक्तिशाली सिनेट विदेश सम्बन्ध समितिका पूर्व प्रमुख मेनेन्डेजले गत साता न्यूयोर्कको म्यानहट्टनमा सङ्घीय जूरीले दिएको दोषी फैसलाविरुद्ध अपिल गर्ने प्रतिबद्धता गरेका थिए।
न्यूयोर्कका सङ्घीय अभियोजकहरूले यसअघि डेमोक्र्याटिक सिनेटरले विदेशी सरकारहरूलाई सहयोग गर्ने बदलामा घुस लिएको आरोप लगाएका थिए। मेनेन्डेजलाई घुसखोरी, धोका, विदेशी एजेन्टको रूपमा काम गरेको भन्दै दोषी ठहर गरेको हो।
अभियोजकहरूले घुसको बदलामा मेनेन्डेजले इजिप्टको लागि अमेरिकी सहायतामा लाखौं डलर सुरक्षित गर्न सहयोग गरेको आरोप लगाइएको छ।