भक्तपुर, २१ श्रावण २०८१: सोमबार सुनको मूल्य एक लाख ५० हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज तीन सय रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला सुनको मूल्य एक लाख ५० हजार पुगेको जनाइएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको छ।
यस्तै गरि आइतबार प्रतितोला रु एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ।
लगातार उकालो लागेको सुनको मूल्यले आज हालसम्मकै उच्च र नयाँ कीर्तिमान कायम गरेको छ।
चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।