भक्तपुर, २२ श्रावण २०८१: जल तथा मौसम विज्ञान विभागले हनुमन्ते खोला नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले बिहान १०:३० बजे हनुमन्ते जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले सो आग्रह गरेको हो।
“भक्तपुर जिल्लाको हनुमन्ते खोला जगाती बाढीमापन केन्द्रमा हाल जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले हनुमन्ते खोला नदी तटीय क्षेत्रमा रहनुहुनेहरु बेलुका ५ बजे सम्म उच्च सतर्कता अपनाऔँ।” भनि विभागले जारी गरेको सूचनामा उल्लेख गरेको छ।