Thursday, September 12, 2024
Homeसमाचारउड्नै लागेको विमान फर्काइनु एयरलाइन्सको लापरबाही

उड्नै लागेको विमान फर्काइनु एयरलाइन्सको लापरबाही

भक्तपुर, २५ श्रावण २०८१: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले त्रिभुवन विमानस्थलबाट उड्नै लागेको विमान फर्काइनु एयरलाइन्सको लापरबाही भएको बताएकी छिन्। सांसद कठायतले आज बिहान त्रिभुवन विमानस्थलबाट सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाटै फर्काइनु एयरलाइन्सको लापरबाही भएको बताएकी हुन्।

उनका अनुसार आज बिहान ७:३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गबाट उड्नै लाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो।

‘विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासि विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए,’ उनले भनिन्।

यात्रुबीच विवाद भएपछि विमान फर्काइयो
श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर बताए। ‘प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्,’ उनले भने, ‘नागरिक उड्डयनको मापदण्डअनुरूप यात्रीबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्‍याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments