Homeसमाचारबंगलादेशमा अमानवीय गतिविधिहरु तुरुन्त बन्द गर्न विश्व हिन्दु महासंघको माग

बंगलादेशमा अमानवीय गतिविधिहरु तुरुन्त बन्द गर्न विश्व हिन्दु महासंघको माग

भक्तपुर, २५ श्रावण २०८१: विश्व हिन्दु महासंघले बंगलादेशमा अमानवीय गतिविधिहरु तुरुन्त बन्द गर्न र गराउन माग गरेको छ। अहिले बंगलादेशमा भइरहेको राजनीतिक उतारचढाव र त्यसका आडमा भइरहेका अराजनीतिक, अमानवीय गतिविधिहरुले यस विश्व हिन्दु महासंघ केन्द्रीय समिति लगायत सम्पुर्ण शान्तिप्रेमी सनातन हिन्दु धर्मावलम्बीको समाज अत्यन्त मर्माहत भएको महासंघको ठहर छ।

महासंघका अनुसार सो ब्यहोराको विषयमा साउन २३ गतेको बुधबार यस महासंघको प्रेस वक्तव्य मार्फत ध्यानाकर्षण गराइएको छ।

बंगलादेशमा भइरहेका त्यस्ता अमानवीय गतिविधिहरु तुरुन्त बन्द गर्न गराउन राजदूताबास मार्फत बंगलादेशका सम्बन्धित सबै निकायहरूसँग जोडदार माग गर्दै यो ज्ञापनपत्र समेत बुझाएको महासंघले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments