भक्तपुर, ३० श्रावण २०८१: मध्यपुर थिमि नगरपालिका क्षेत्रमा रहेको विष्णुवीर वन (दुनेगः)मा बृक्षाराेपण गरेकाे छ। मंगलबार नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको २७ औं स्थापना दिवसको अवसर परेर सो क्षेत्रमा बृक्षाराेपण गरेकाे हो।
बालकुमारी विष्णुवीर वन उपभाेक्ता समितिका अध्यक्ष एवं समाजसेवी कृष्णलाल गाेजा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा उक्त बृक्षाराेपण सम्पन्न गरेको छ।
उपशाखाका सभापति बाबुकाजी श्रेष्ठकाे सभापतित्वमा भएकाे बृक्षाराेपण कार्यक्रममा समितिका सचिव देवकी श्रेष्ठ, उपशाखाका सचिव जीवन श्रेष्ठ, लायन्स क्लब अफ मध्यपुर थिमि शंखधरका अध्यक्ष श्रीराम श्रेष्ठलगायत उपशाखाका पदाधिकारीहरू, सल्लाहकार भुवनचरण श्रेष्ठलगायत सदस्यहरू उपस्थित रहेकाे थियाे।