Homeबिश्व खवरबङ्गलादेशमा पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्याको मुद्दा दर्ता

बङ्गलादेशमा पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्याको मुद्दा दर्ता

भक्तपुर, ३० श्रावण २०८१: बङ्गलादेशमा पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्याको मुद्दा दर्ता भएको छ। पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य छ जनाविरुद्ध मुद्दा दर्ता गरिएको वकिल मामुन मिया जानकारी दिएका हुन्।

निजी नागरिकका तर्फबाट मुद्दा ल्याउनु भएका वकिल मामुन मियाले भने, “शेख हसिना र अन्य छ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।” उनका अनुसार महानगरीय अदालतले प्रहरीलाई ‘आरोपित व्यक्तिहरूविरुद्ध हत्याको मुद्दा’ स्वीकार गर्न आदेश दिएको थियो। यो बङ्गलादेशी कानूनअन्तर्गत फौजदारी अनुसन्धानमा पहिलो कदम थियो।

गत महिना नागरिक अशान्तिका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा को एक अदालतले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उनको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरेको छ।

एक साताअघि ७६ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेको र अहिले भारतमै रहेका छन्। उनको कठोर कार्यकालको नाटकीय अन्त्यमा प्रदर्शनकारीहरूले ढाकाको सडकमा ठूलो विरोध प्रदर्शन गरेका थिए।

अदालतमा मियाले दायर गरेको मुद्दामा हसिनाका पूर्व गृहमन्त्री असदुज्जामान खान र हसिनाको अवामी लिग पार्टीका महासचिव ओबैदुल कादिरको नाम पनि समावेश गरिएको छ। यसमा हसिना सरकारले नियुक्त गरेका चार शीर्ष प्रहरी अधिकारीको पनि नाम छ। उनीहरूलाई पदबाट बर्खास्त गरिएको छ।

उक्त मुद्दामा एक किराना पसलका मालिकको मृत्युको जिम्मेबारी सात जनालाई लगाइएको थियो। जुलाई १९ मा विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाउने क्रममा प्रहरीले उनको गोली हानी हत्या गरेको हो।

डेली स्टार अखबारका अनुसार गोलीबारी भएको छिमेकका निवासी अमिर हम्जा शातिल र पीडितका एक ‘शुभचिन्तक’ का तर्फबाट मुद्दा ल्याइएको थियो।

पूर्व प्रधानमन्त्री हसिनाको पतनसम्मको अशान्तिका साताहरूमा चार सय ५० भन्दा बढी मानिस मारिएका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments