Homeबिश्व खवरनौनी घ्यू बेच्ने न्युजिल्याण्डको डेरी फर्मलाई कारबाही, साढे दुई लाख डलरभन्दा बढी...

नौनी घ्यू बेच्ने न्युजिल्याण्डको डेरी फर्मलाई कारबाही, साढे दुई लाख डलरभन्दा बढी जरिवाना

भक्तपुर, ११ भाद्र २०८१: भारतबाट आयातित नौनी घ्यू बेच्ने न्युजिल्याण्डको मिल्कियो फुड्स लिमिटेड डेरी कम्पनीमा छापा मारी कारबाही गरेको छ। भारतबाट आयातित नौनी घ्यूलाई आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ को भएको झूटो दाबी गरेको आरोपमा डेरी कम्पनीलाई कारबाही गरिएको हो ।

न्युजिल्यान्डको वाणिज्य आयोगले डेरी कम्पनी मिल्कियो फुड्स लिमिटेडलाई आफ्नो नौनी घ्यू उत्पत्तिको बारेमा झूटो दाबी गरेको आरोपमा दुई लाख ६१ हजार चार सय ५२ अमेरिकी डलर जरिवाना गरेको छ।

ह्यामिल्टनस्थित उक्त फर्मले भारतबाट घ्यू तथा दुधजन्य सामान आयात गर्ने र ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’ डेरी उत्पादनजस्ता दाबीका साथ ग्राहकलाई आफ्नो घ्यू उत्पादनबारे झूट्टा प्रचार गरी ग्राहकलाई भ्रममा पारेको वाणिज्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

न्यूजिल्याण्डको कृषि-सञ्चालित उद्योगले उच्च गुणस्तरको डेरी निर्यातमा गर्व गर्दछ र विदेशी ग्राहकहरू यसको समृद्ध चरनबाट प्राप्त हुने दूध र मक्खनको लागि लालायित हुने गर्छन्।

वाणिज्य आयोगका प्रवक्ता भेनेसा होर्नले भने, “मिल्कियोले न्यूजील्याण्डमा निर्मित उत्पादनहरू पहिचान गर्न एक विश्वसनीय प्रतीक (फर्नमार्क लोगो) को प्रतिष्ठाको फाइदा उठाउँदै अन्य उत्पादनलाई बढावा दिएको पाइएपछि जरिवाना गरिएको हो। कम्पनीले ‘फर्नमार्क लोगो’ प्रयोगका लागि स्वीकृति प्राप्त गर्न गलत र अपूर्ण जानकारी पनि प्रस्तुत गरेको थियो।”

मिल्कियोले न्युजिल्यान्डको ‘शुद्ध व्यवसाय ऐन (फेयर ट्रेडिङ एक्ट) को धारा १५ उल्लङ्घन गरेको स्वीकार गर्दै उचित अनुमति बिना फर्नमार्क लोगो र लाइसेन्स नम्बर प्रयोग गरेको स्वीकारेको छ।

होर्नले भने, “यो सजायले न्युजिल्यान्ड ब्रान्डलाई झुटो दाबी गर्न खोज्ने अरूका लागि चेतावनीको रूपमा काम गर्नुपर्छ।”

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments