Homeअर्थतन्त्रमुल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता

मुल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता

भक्तपुर, २५ भाद्र २०८१: नेपाल सरकारको अर्थ मन्त्रालय अन्तरगतको आन्तरिक राजस्व विभाग लाजिम्पाट, काठमाडौंले मुल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता गर्ने भएको छ। उपभोक्ताले तिरेको मुल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता गर्ने विभागले जनाएको हो।

विभागले “उपभोक्ताले तिरेको मुल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता सम्बन्धी जरुरी सूचना।” भनी शिर्षक राखी आम जनतालाई सुसूचित गरेको हो।

“मुल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (१ख) मा ‘कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरि निर्धारण गरेको बस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गरिनेछ’ भनी व्यवस्था गरे बमोजिम विभागको मिति २०८१/०५/२१ को निर्णयानुसार देहाय बमोजिमका सेवा खरिदमा उपभोक्तालाई त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय भए‌कोले सम्बन्धित सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। उक्त व्यवस्था कार्यान्वयनमा सहभागी हुनका लागि आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई सूचित गरिन्छ।”, भनी सूचनामा उल्लेख गरिएको छ।

उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता हुने सेवाहरु:

१. मदिरा पिउने केन्द्र (वार) बाट प्रदान गरिने सेवा

२. चमेनागृह (Restaurant) बाट प्रदान हुने सेवा

३. सबै प्रकारका होटल, मोटल, लज, गेष्टहाउस व्यवसायहरु‌बाट प्रदान गरिने सेवा

शर्तहरु:

१. मूल्य अभिवृद्धि करमा दर्ता भई विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता यस प्रणालीमा आवद्ध हुन सक्नेछन्।

२. डेबिट/क्रेडिट कार्ड, क्यू.आर कोड, मोबाईल जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने विक्रेताले मूल्य अभिवृद्धि करको दश प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रूपमा फिर्ता गर्ने व्यवस्था मिलाउनु पर्ने छ।

३. विद्युतीय बीजक सम्बन्धी कार्यविधि, २०७४ (संशोधन सहित) बमोजिम आन्तरिक राजस्व विभागमा सूचिकृत भएका विद्युतीय उपकरण तथा सफ्टवेयर आपूर्तिकर्ताले ‘विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धि कार्यप्रकृया, २०७६ बमोजिम प्रणालीमा सामञ्जस्य हुने गरी आफ्नो सफ्टवेयर परिमार्जन गर्न यसै सूचनाबाट जानकारी गराईन्छ।

४. सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा संचालक तथा भुक्तानी सेवा प्रदायकले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धि कार्यप्रकृया, २०७६ बमोजिम प्रणालीमा परिमार्जन गरि यो प्रणात्ती कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने छ।

५. प्रणालीमा आवद्ध विक्रेताले आफ्नो कारोवार स्थलमा विद्युतीय भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता हुने सुबिधा रहेको सूचना सार्वजनिक गर्नुपर्ने छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments