Homeअर्थतन्त्रपुरै वर्ष रजत वर्ष मनाउँदै शुभकामना साकोस

पुरै वर्ष रजत वर्ष मनाउँदै शुभकामना साकोस

भक्तपुर, ३० भाद्र २०८१: शुभकामना बचत तथा ऋण सहकारी संस्था भक्तपुरले पुरै एक वर्ष रजत वर्ष मनाउँदै छ। साकोसले शनिबार २४ औँ वार्षिक साधारण सभा सम्पन्न गर्ने क्रममा सो जानकारी दिएको हो।

साकोस हिजो २४ बर्ष पुरा भई २५ औं वर्षमा प्रवेश गरेको थियो। साकोसका अनुसार गत जेष्ठ महिना २५ वर्षमा प्रवेश गरेसंगै नागरिक सचेतनाका विभिन्न कार्यक्रम आयोजना गरि रजत वर्ष मनाउँन सुरु गरेको हो।

साकोसले हालसम्म १० हजार तीन सय २९ जना सदस्य संख्या पुगेको साधारण सभामार्फत जानकारी दिए। जसमध्ये महिला ४ हजार ८ साय ३७ जना पुरुष ४ हजार ४ सय ७७ जना छन् भने बाल बचतकर्ता १ हजार ६ जना रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ। संस्थामा हाल कायम भएको औषत बचत रु १ अर्ब ११ करोडलाई बृद्धि गरि २०८१/८२ मा रु १ अर्ब ३१ करोड पुर्याउने लक्ष्यका साथ अघि बढ्ने २०८१/८२ को नीति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको छ।

हाल संस्थामा शेर पूंजी रु १० करोड ८६ लाख पुगी सकेको छ भने जगेडा तथा अन्य कोषहरुमा रु १८ करोड ७४ लाख ७७ हजार ७ सय ३५ पुगीसकेको संस्थाका कोषाध्यक्ष नारायण बहादुर बासुकलाले प्रस्तुत गरिएको थियो। ।

संस्थाका सदस्यहरुलाई सम्मान

कार्यक्रममा संस्थाका ज्येष्ठ नागरिक, सदस्य तथा बाल सदस्यलाई सम्मान गरिएको थियो। संस्थामा सदस्य भएका ७७ वर्ष माथिका २९ जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको हो।

त्यस्तै कार्यक्रमा संस्थाका बाल सदस्य कक्षा ८ पास भएका ११ जना, एस ई ई पास गरेका २३ जना र प्लस टु पास गरेका १५ जना विद्यार्थीहरुलाई पनि सम्मान गरेको थियो। पी एच डी गरेका दुई जना डा.मुनलक्ष्मी त्वायना र डा. सुन्दर हेंगोंजु र एम डी तथा एम एस गरेका डा. सरोज कुमार सुवाल त्यस्तै राष्ट्रिय खेलाडी सम्मानमा नर्मदा खाईतुलाई बधाई तथा सम्मान गरेको थिायो।

त्यस्तै संस्थाको सदस्य सम्मान कार्यविधि २०८० अनुसार उत्कृष्ट बचतकर्ता तर्फ पुरुष तर्फ देव राज जोशी महिला तर्फ शिला बासुकला र दैनिक बचतकर्तामा रमेश ख्याजू सम्मानित भएको छ भने असली ऋणी तर्फ पुरुष सुर्वण मानन्धर महिला तर्फ तेज माया भडेल लाई सम्मान गरेको थियो। जेष्ठ नागरिक सम्मान अन्तर्गत २९ जना जेष्ठ नागरिहरुलाई सम्मान गरिएको थियो।

३ करोड ८५ लाख ८१ हजार २२९ रुपैंया खुद नाफा
संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३ करोड ८५ लाख ८१ हजार २२९ रुपैंया खुद नाफा गरेको कोषाध्यक्ष नारायण बहादुर बासुकलाले जानकारी दिएका छन्।

उनका अनुसार संस्थाले गत आर्थिक वर्ष ४ करोड २८ लाख ९८ हजार ८ सय १५ रुपियाँ कुल नाफा आर्जन गरेकोमा आयकर ४३ लाख १७ हजार ५८६ रुपैंया कटाएर सो नाफा आर्जन गरेको हो।

सभामा वासुकलाले संस्थाको कुल सम्पत्ति एक अर्ब ४८ करोड १८ लाख १६ हजार ९ सय १५ रुपियाँ रहेको जनाए।

संस्थाको अध्यक्षमा पुनः कासुला

संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः रामप्रसाद कासुला सर्वसम्मत चयन भएका छन्। संस्थाको शनिवार सम्पन्न २४ औं वार्षिक साधारणसभाले कासुलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
संस्थाको उपाध्यक्षमा निर्मला सुवाल, सचिवमा पुष्पलाल तिमिला र कोषाध्यक्षमा धर्मदिप बज्राचार्य सर्वसम्मत चयन भएका छन्।

यसैगरी सञ्चालक समिति सदस्यहरुमा सिर्जना कोजु सुवाल, पुण्यश्वरी सुवाल, शिवलक्ष्मी बासुकला, नुतनदेवी श्रेष्ठ, रामबहादुर कासुला, गणेशराम कोजु, गणेश प्रधान, नरेश बासुकला र नारायण बहादुर बासुकला रहेका छन्।

यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णप्रसाद नापित, सदस्यहरुमा विष्णुभक्त कवाँ र गायत्री मैयाँ कोजु सर्वसम्मत चयन भएको अध्यक्ष कासुलाले बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments