भक्तपुर, ९ असोज २०८१: सोलुखुम्बुमा इजरायलका नागरिकको उद्धार गरिएको छ। ठाडो कोशी किनारमा चिप्लेर लडि घाईते भएका उनको सोमबार उद्धार गरिएको हो।
इजरायलका २१ वर्षीय इभन तोभ हदश नाम गरेका व्यक्ति सोलुखुम्बु खुम्बु पासाङल्हामु गा.पा.वडा नं.०३ ठाडो कोशी स्थित लुक्लाबाट सगरमाथा आधार शिविर भ्रमण जाने क्रममा लडेर घाइते भएका थिए।
सो घटनाको जानकारी प्राप्त हुन साथ प्रहरी चौकी नाचिपाङ (फाक्दिन) सोलुखुम्बुबाट तत्काल प्रहरी टोलि खटिगई उद्धार गरीएको हो। उनको थप उपचारको लागि अल्टिच्यूट हे.क. द्वारा स्वकोन स्वाकोन अन्तर्राष्ट्रिय अस्पताल काठमाण्डौं पठाईएको प्रहरीले जनाएको हो।