भक्तपुर, ९ असोज २०८१: बुधबार सुनको मूल्य एक लाख ६० हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भइरहेको जनाएको छ।
नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमाा लगातार मूल्यवृद्धि हुँदा यसको प्रभाव स्थानीय बजारमा परेको हो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपियाँले वृद्धि भएको छ। मङ्गलबार एक हजार नौ सय १५ रुपियाँमा कारोबार भएको चाँदी बुधबार एक हजार नौ सय ५५ पुगेको छ।