Homeसमाचारस्नातक तहको सम्पूर्ण परीक्षा स्थगित

स्नातक तहको सम्पूर्ण परीक्षा स्थगित

भक्तपुर, १३ असोज २०८१: त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहको सम्पूर्ण परीक्षा स्थगित गरेको छ। विश्वविद्यालयले मौसमको प्रतिकुलताका कारण परीक्षा स्थगित गरिएको जनाएको हो।

असोज १० देखि सञ्चालनमा रहेको मानविकी, शिक्षा शास्त्र तथा व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्षको आइतबार हुने परीक्षा स्थगित भएको त्रिविले जनाएको छ।

आंशिक तर्फको बि.ए., बि.एड. बि.बि.एस. र बि.एस्सीको आज(आइतबार) हुने परीक्षा देशभर उत्पन्न भएको मौसमको प्रतिकुलताका कारण स्थगित गरिएको जनाएको छ।

यो परीक्षा असोज २१ मा सोही परीक्षा केन्द्र र समयमा सञ्चालन हुने त्रिविले सूचना प्रकाशित गरेको छ।

त्यसै गरी पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले सोमबारसम्मको परीक्षा स्थगित गरेको छ। त्रिवि र सीटीइभीटीले आइतबारको मात्रै परीक्षा स्थगित गरेकोमा पूर्वाञ्चलले सोमबारको पनि परीक्षा स्थगित गरेको हो।

व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्सा शास्त्र, कला, शिक्षा शास्त्र संकायका विभिन्न शैक्षिक कार्यक्रमहरूको सेमेस्टर तथा वार्षिक प्रणाली अन्तर्गत नियमित, आंशिक र मौका परीक्षाहरू सञ्चालन भइरहेको छ। ‘देशभर अविरल वर्षाका कारण जटिल परिस्थिति उत्पन्न भएकाले आइतबार र सोमबार सञ्चालन हुने सम्पूर्ण परीक्षाहरू अर्को सूचना प्रकाशित नभइन्जेल सम्मका लागि स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा भनिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments