Homeसमाचारभारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

भक्तपुर, १६ असोज २०८१: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

प्राधिकरणले मंगलबार एक सूचनामार्फत १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेका जानकारी दिएको छ। ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ।

प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ। ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सूचनामार्फत आग्रह गरिएको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments