Homeसमाचारनेकपा माओवादी केन्द्रले बुझाए २० बुँदे ज्ञापनपत्र

नेकपा माओवादी केन्द्रले बुझाए २० बुँदे ज्ञापनपत्र

काठमाडौं, २१ असोज २०८१: नेकपा माओवादी केन्द्रले सरकारलाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ। केन्द्रले आइतबार बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनरुथापनाको माग गर्दै सो ज्ञापनपत्र बुझाएको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको ज्ञापनपत्रमा आम नागरिकमा आशाको सञ्चार गर्दै प्रभावकारी प्रतिकार्य, राहत र सहयोग हुनुपर्नेमा सरकारका तर्फबाट एकीकृत, समन्वयकारी र प्रभावकारी पहल हुन नसकेको भन्दै तत्काल राहत र पुनरुथापनाका लागि माग गरिएको छ। बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रको पूर्ण पाठ यसैसाथ संलग्न छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments