Homeजीवनशैलीचपाचो स्थित आखाछेँ(संग्रहालय) पुनः सञ्चालन हुने

चपाचो स्थित आखाछेँ(संग्रहालय) पुनः सञ्चालन हुने

भक्तपुर, ६ कार्तिक २०८१: यहि वर्षको पुस १२, १३ र १४ गते तीन दिन हुने मध्यपुर महाेत्सव २०८१ लाई लक्षित गरि चपाचो स्थित आखाछेँ पुनःसञ्चालन हुने भएको छ। नेपालभाषामा आखाछेँकाे अर्थ संग्रहालय हाे।

मध्यपुर थिमि नगरपालिकामा संस्कृतिविद गणेशराम लाछिले निजीरुपमा आखाछेँ सञ्चालन गरेका थिए। पुराना सामाग्रीहरुको भण्डार नै रहेको यो अखाछें निरन्तररुपमा सन्चालन गर्ने तयारी गरिरहेको गणेशराम लाछि तथा उनका सुपुत्र सन्तोष प्रजापतिले जानकारी गराए।

अहिले बन्द रहेकाे आखाछेँ पुनः सञ्चालनको लागि निर्माण कार्य द्रुतगतिमा भैरहेको छ। संग्रहालय पुनःसञ्चालनको अवस्था अध्यनका लागि मध्यपुर थिमि नगरपालिकाका प्रमुख  सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय कृष्ण श्रेष्ठ, ६ का वडाध्यक्ष ज्ञानदास प्रजापति लगायतका टाेलीले अवलोकन गरेको छ।

मध्यपुर महोत्सव भब्यरुपमा सफल बनाउन नगर प्रमुख,उपप्रमुख,वडा अध्यक्षहरु तथा जनप्रतिनिधिहरु पुर्णरुपमा परिचालित भैरहेको अवस्था छ। जसको कारण महोत्सव भब्यहुने विश्वास लिन सकिन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments