Homeसमाचारफोर्स गाडी दुर्घटनामा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु

फोर्स गाडी दुर्घटनामा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु

रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा फोर्स गाडी दुर्घटना हुँदा गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको हो ।

काठमाडौँबाट गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन्। तीनमध्ये एक जना गम्भीर घाइते रहेको उनको भनाइ छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ । दुर्घटनामा एक बालकसहित तीन जना घाइते भएका हुन् ।

गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बस चालक हीराबहादुर कार्कीसमेत रहेका छन् । अन्य मृतकको पहिचान अझै खुल्न बाँकी रहेको उनको भनाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments