Homeसमाचाररेडक्रस स्मारिका २०८१ विमोचन

रेडक्रस स्मारिका २०८१ विमोचन

नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले रेडक्रस स्मारिका २०८१ विमोचन गरेको छ । आज उपशाखाले स्मारिका विमोचन एवं सम्मान कार्यक्रम आयोजन गरि सो स्मारिका विमोचन गरिएको हो ।

मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय कृष्ण श्रेष्ठ, जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष परशुराम पाण्डे लगायतले संयुक्त रुपमा स्मारिका विमोचन गरिएको थियो ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आन्तरिक एवं बाह्रय पर्यटकलाई आकर्षित गर्ने एवं मध्यपुर थिमिको सम्पदा र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले मध्यपुर महोत्सव आयोजना गरिएको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले आउँदो महोत्सवमा रेडक्रसकर्मीहरुको भूमिकाबारे चर्चा गरे ।

कार्यक्रमका विशेष अतिथि मध्यपुर थिमि नगरउपप्रमुख विजयकृष्ण श्रेष्ठले रेडक्रसका कार्यहरुको प्रशंसा गर्दै उपशाखाको भवन निर्माण नपा र रेडक्रसकर्मीहरुको साथ र सहयोगमा अघि बढ्ने बताएह । उपप्रमुख श्रेष्ठले नेपाल कोरिया मैत्रि नगरपालिका अस्पतालको नयाँ भवन शिलान्यास भईसकेको र अस्पतालको सेवासुविधा बृद्धि भइरहेको भन्दै मध्यपुर महोत्सव सफल पार्न सबैको साथ र सहयोग जरुरी रहेको जानकारी दिए ।

कार्यक्रममा उत्कृष्ट स्वंसेवकद्धारा मध्यपुर थिमि वडा नं. ४ निवासी सुर्यकृष्ण थापा श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिले दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
?

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments