Homeसमाचारसिद्धिगणेश द्यःछेँमा बिरेन्द्र भक्तकाे नेतृत्व चयन

सिद्धिगणेश द्यःछेँमा बिरेन्द्र भक्तकाे नेतृत्व चयन

मध्यपुर थिमिको नगदेश स्थित श्री सिद्धि गणेश द्यःछेँ विकास समितिले बिरेन्द्र भक्त प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सिद्धि गणेश द्य: छेँ विकास समितिको उपाध्यक्षमा उपेन्द्र प्रधानाङ्ग, सचिवमा विजय प्रधानाङ्ग, कोषाध्यक्षमा राजुभक्त प्रधानाङ्ग, सदस्यहरुमा उदय प्रधानाङ्ग, मनिष भक्त प्रधानाङ्ग र नविन प्रधानाङ्ग रहेका छन । यस्तै पदेन सदस्यमा मध्यपुर थिमि वडा नम्वर ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति, प्रधानाङ्ग गुथिका राजन भक्त प्रधानाङ्ग र सिद्धिगणेश द्यः गुथिका राज कृष्ण वाडे रहेका छन । शनिवार नगदेशमा भएको अधिवेशनमा पुरातत्व विभागका प्रमुख सौभाग्य प्रधानाङ्गले सिद्धिगणेश द्यः छेँ जस्तै अरू पुरातात्त्विक सम्पदाको उचित संरक्षण तथा सम्वर्धन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा विषेश अतिथिको रुपमा वडा नम्वर ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति रहेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments