Homeसमाचारजथाभावी बाटाे निर्माण र वृक्षारोपणले गर्दा वन विनास

जथाभावी बाटाे निर्माण र वृक्षारोपणले गर्दा वन विनास

माघ २३, भक्तपुर । प्रदिप श्रेष्ठ ।
जथाभावी बाटाे निर्माण र वृक्षारोपणले गर्दा वन विनास तथा पहिराे गएकाे मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताएका छन् । मध्यपुर थिमि स्थित बालकुमारी विष्णुवीर सामुदायिक वन उपभोक्ता समूहकाे दशाैं साधारण सभाका प्रमुख अतिथिकाे मन्तव्य राख्दै श्रेष्ठले बिज्ञकाे सुझाव अनुसार रूख मात्रै हाेइन, वनसंरक्षण र साैन्दर्य सहित जाेखिमयुक्त स्थानकाे पहिचान गरि उचित संरक्षण गर्नुपर्ने कुरामा जाेड दिनुभएकाे थियाे ।
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठले वनलाई पर्यावरण ,स्वास्थ्यकाे लागि मात्रै हाेइन आर्थिक उपार्जनकाे पाताे पनि बनाउन सकिने कुरा दुनेगःमा राखेकाे जिपलाइन, वनदेवीमा रूद्राक्ष लगायतलाई उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।
वन क्षेत्रलाई सफा र साैन्दर्य कायम गर्न दैनिक दुइ घण्टा सफाई गर्ने कर्मचारी नियूक्ति गरेकाे मध्यपुर थिमि नगरपालिकाका वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बताए । कार्यक्रममा डिभिजन बन कार्यालयका वन अधिकृत दमयन्ति पाण्डे, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामेश्वर बाेहरा लगायतले वन संरक्षण तथा सम्वर्धनका बारेमा चर्चा गर्नु भएकाे थियाे ।
बालकुमारी विष्णवीर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णलाल गाेजा श्रेष्ठकाे सभापतित्वमा वनदेवी मन्दिर परिसरमा भएकाे साधारण सभालाई उपभोक्ता समूहका सचिव देवकी श्रेष्ठले संचालन गर्नु भएकाे थियाे । कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं ४ कार्यालयबाट वन उपभोक्ता समूहलाई ग्रास कटर तथा चेन सः प्रदान गरेकाे थियाे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments