Homeसमाचारमेलम्चीको पानीले बबरमहलमा बाढी

मेलम्चीको पानीले बबरमहलमा बाढी

३० माघ, काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि बाढी आएर त्यहाँ वरपर रहेका सरकारी कार्यालय समेत डुबानमा परेका छन् ।

विद्युत् प्राधिकरणले सडकमा विद्युत्‌लाइन भूमिगतको काम गर्ने क्रममा वन परिसर अगाडीकाे सडकमा पाइलट ड्रिलिङपछि रिमिङ गर्दा असावधानीवस पाइपलाइनमा क्षति पुगेको हाे ।
केयूकेएलका अधिकारीका अनुसार ६०० एमएम (करिब दुई फिट डायमिटर)को पाइप फुटेको हाे । जसले गर्दा वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको हाे । पानीले सडक समेत भासिएकाे छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments