नेपाल नागरिक उड्डयन प्राधिकरणमा माओवादी निकट संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठनले कांग्रेस र एमाले समर्थक कर्मचारी संघ/ संगठनलाई हराउदै जितमा निरन्तरता दिएकाे छ ।
२०८१ फाल्गुन ९ गते शुक्रवार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल राष्ट्रिय कर्मचारी संगठनले बिजय हासिल गरेको हो । निर्वाचनमा माओवादी निकट नेपाल राष्ट्रीय कर्मचारी संगठनले २०२ मत, सत्तारुढ कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघले १९४, एमालेलाई समर्थन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संगठनले १५३, मधेश तराई कर्मचारी युनियनले २२ र कर्मचारी एकता मंचले जम्मा ५ मत प्राप्त गरेका छन ।
नेपाल नागरिक उडयन प्राधिकरणका देशैभरका कर्मचारीहरुले गरेको मतदानपछि शुक्रवार राति मतगणनाको परिणाम सार्वजनिक भएको थियो ।