भक्तपुर।
बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., मध्यपुर थिमिलाई भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आ.व. २०८०/०८१ को मध्यपुर थिमि नगरपालिका क्षेत्रमा उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार– २०८१ प्रदान गरेको छ ।
शनिबार सम्पन्न संघको २१ औं स्थापना दिवसको अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रकाश ढकालले अध्यक्ष तुईलाल श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
२०५७ साल असोज २ गते स्थापित यस संस्थालाई तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरले भक्तपुर जिल्लाको उत्कृष्ट सहकारी पुरस्कार, राष्ट्रिय सहकारी बैंक लि.ले उपत्यकाको उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिसकेको छ । साथै संस्थालाई सदस्यको आर्थिक जीवनकास्तरका विकासमा योगदान र सामाजिक उत्तरदायित्व अन्तरगत कार्य गरे बापत थुप्रै सामाजिक संघ संस्थाले सम्मानित तथा पुरस्कृत गरेको छ ।
समुदायमा आधारित सदस्य मैत्री रहेकाे बालकुमारी सहकारीकाे २०८२ वैशाख १९ गतेसम्म आईपुग्दा ५९१५ शेयर सदस्यबाट २ अर्ब १७ करोड ९३ लाख १४ हजार ४ सय ८९ रुपैया कुल कारोबार रहेको जनाएकाे छ ।




