फागुन २३, २०७८
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग सिधा कुरा गर्न आग्रह गरेका छन् ।
एक सरकारी स्रोतकाअनुसार सोमबार भएको पुटिन र मोदीबीच भएको फोनवार्ताका क्रममा मोदीले पुटिनलाई जेलेन्स्कीसँग सिधा कुरा गरेर समस्या समाधान गर्न सुझाव दिएका हुन् ।
कुराकानीमा पुटिनले मोदीलाई युक्रेन र रुसी पक्षबीचको सम्झौता कुन अवस्थामा छ भन्नेबारे जानकारी दिएका थिए ।
पुटिनसँग कुरा गर्नुअगाडि मोदीले जेलेन्स्कीसँग पनि फोनवार्ता गरेका छन् ।
आफ्ना नागरिकलाई युद्ध छाड्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै मोदीले रुससँग उच्चस्तरको शान्तिपूर्ण वार्ता गर्ने प्रतिवद्धता जनाएको जेलेन्स्कीले आफ्नो ट्विटरमा लेखेका छन् ।