– बिजयकृष्ण श्रेष्ठ आफ्नो जीवन तिलाञ्जली दिए
जनताको खातिर ,देशका खातिर
ब्यबस्था गर्न परिबर्तन
लागू गर्न सुशासन
दिनरात नभनी ,सक्दिन नभनी
क्रान्तिमा निरन्तर समर्पित रहे
न उमेरले छेक्यो ,
न कमजोर देह बाधक भए
निरन्तर दासत्त्व मुक्तिको बाटो देखाए
अन्धकार कालकाेठरी
अनेक लोभ देखाए ,
जीवन दान दिने आश्वासन दिए
अनेक मोह देखाए
तर नभैइ बिचलन, क्रान्तिमा लिन भए
शिक्षाको ज्योतिबाट बिभुषित गर्ने बाटो बनिरहे
बिधालय ज्ञानकाे मन्दिर हो भनी शिक्षा दिए।
तर, बिडम्वना, त्यहीँबाट दीक्षित, स्वघाेषित सर्वज्ञाता
अहिले ज्ञानको मन्दिर तोड्न लागेका छन ।
पदमा पुगेपछी उसकै बिचार कुल्चिएर हिंडे
लोभ लालचले सच्चा ईन्द्रिय भए सब बन्द
भ्रस्टाचारमा रमाउन थाले सब कुर्सिमा आसिन
सकारात्मक संस्कार मासिन
स्वार्थी भई हिड्न थाले कुर्सिका अहंकार
मता हात्ती भइ बिगार्न थाले सब संस्कार
जनतालाई सहज हुने काम गर्दैन
मात्र आफू राजा हुने चाह कहिले छोडेन
आज भ्रष्टाचार मौलाउदै छ अनियंत्रित
त्यसलाई मलजल गर्दैछ मै हुं भन्ने अपराधीजन ।।
अत: निरास जनता सम्झिदै छ बैकुण्ठ
तयार छ प्रतिगामी तत्वलाई फाल्न तुरून्त