Homeबिज्ञान/प्रबिधीमध्यपुरमा बिज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२२ सम्पन्न

मध्यपुरमा बिज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२२ सम्पन्न

मध्यपुर थिमि, असार १९, २०७९ः

विज्ञान शिक्षक समाज ,नेपाल र युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयको आयोजनामा स्थानिय बोडेमा बिज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२२ सम्पन्न भएको छ।


आज कृषि बिकास बैंक ,केन्द्रीय प्रशिक्षण प्रतिस्ठान मध्यपुर बोडेमा सम्पन्न केन्द्रीय प्रतिस्पर्धामा रेन्बो एकेडेमी पोखराका गोकुल श्रेष्ठ प्रथम, रत्नराज्य मा बि काठमाडौँका पारस रे द्वितीय, कसिनी मा बि मोरंगका प्रविन बि.क. तृतीय, जनज्योति मा बि रौतहटका रोचक कार्की चौथौ र क्रिसेन्ट सिटि स्कुल कैलालीका रोशिका मल्लले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए ӏ कार्यक्रमको प्रथम, द्वितीय, तृतीय ,चौथौ र सान्त्वना परियोजनाहरुलाई क्रमशः नगद रु १००००, ८०००, ७०००,६००० र ४००० नगद सहित प्रमाण पत्र तथा मेडलद्वारा सम्मान गरिएको छ।

स्टान अध्यक्ष खिल कुमार प्रधानको सभापतित्वमा सम्पन्न भएकोआजको केन्द्रीय प्रतिस्पर्धामा युनेस्को नेपाल सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारि, नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, प्राज्ञ रमेश मास्के, प्राज्ञ दिनेशराज भुजु, नास्ट प्रबिधि बिभाग प्रमुख रबिन्द्र ढकाल, प्रा.डा रामेश्वर अधिकारि लगायत बैज्ञानिक समुदायको उपस्थिति रहेको थियो। स्टान सचिव मनोज आचार्यले संचालन गरेको उक्त कार्यक्रममा स्टान प्रवक्ता डम्वरु प्रसाद पोखरेलले कार्यक्रम बारेमा प्रकाश पार्नु भएको थियो ӏ

आजको प्रतिस्पर्धात्मक बिज्ञान परियोजनाहरुको ५०० भन्दा बढी विद्यार्थीहरुले अवलोकन गरेका थिए।

Science education from campaign, experiment, experience and innovation भन्ने मुख्य अभियानका साथ बि.स. २०६६ सालमा स्थापित र राष्ट्रियकरण भएको बिज्ञान शिक्षक समाज,नेपाल, नेपालका करिव ४0 हजार भन्दा बढी बिद्यालय बिज्ञान शिक्षकहरुको एक मात्र छाता सस्था हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments