Homeबिज्ञान/प्रबिधीभक्तपुरमा सिसिटिभि जडान कार्यको समुद्घाटन

भक्तपुरमा सिसिटिभि जडान कार्यको समुद्घाटन

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक श्री तारा देबी थापाज्युको बिशेष पहलमा “भक्तपुर जिल्ला सिसिटिभि जडान समिति”को संयोजनमा अरनिको राजमार्गको भक्तपुर खण्ड र महानगरीय प्रहरी परिसर समेतका इलाकामा गरिएको सिसिटिभि जडान कार्यक्रमको आज महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजित एक समरोह बिच प्रहरी अतिरिक्त jgkjgjhghgमहानिरीक्षक श्री हरि बहादुर पालज्यु बाट समुदघाटन गरियो।

भक्तपुरका स्थानीय तह, बैक तथा बित्तिय संस्था र ब्यबसायिहरुको बिशेष पहलमा अरनिको राजमार्गको भक्तपुर सडक खण्ड र महानगरीय प्रहरी परिसर भक्तपुर इलाका समेतमा करिब रु पैसाठि लाख (६५,००,०००/-) को बजेटमा उक्त सिसिटिभि जडान कार्य सम्पन्न भयको हो।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक श्री हरि बहादुर पालज्युले सिसिटिभिको माध्यमबाट दुर्धटना लगायत सम्पुर्ण धटनाहरुको सबल अनुसन्धान हुने बिश्वास ब्यक्त गर्नु भयो। साथै उहाले सम्पुर्ण दाताहरुलाई सहयोगको लागि बधाई तथा धन्यवाद ब्यक्त गर्नु भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख श्री प्रेम प्रसाद भट्टराईज्युले सम्पुर्ण सहयोगी दाताहरुले बहन गर्नु भयको सामाजिक उत्तरदायित्वको प्रशम्सा गर्दै उहाहरुको योगदान खेर नजाने बताउनु भयो।

शान्ति सुरक्षा, अपराध नियन्त्रण, राजमार्ग सुरक्षा र अनुसन्धानलाई सुदृढ र सशक्त तुल्याई नागरिक सुरक्षाका साथै मौलिक साँस्कृतिक सम्पदाको संरक्षण अनि समाजमा प्रभाबकारि शान्ति सुब्यबस्था कायम राख्नमा उक्त सिसिटिभि हरु ले महत्त्वपूर्ण भुमिका खेल्ने कुरा परिसरका प्रमुख प्रहरी उपरीक्षक श्री तारा देबी थापाले बताउनु भयो।

अहिलेको समयमा बैज्ञानिक प्रबिधि र साधनको प्रयोग मार्फत प्रहरी परिचालन र कामकारबाहीलाई चुस्त तुल्याउने लक्ष्य लिएको छु। उपरीक्षक श्री थापाले बताउनु भयो।

सिसिटिभि जडान समितिका संयोजक श्री प्रदीप श्रेष्ठज्युले पनि कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो।

कार्यक्रममा समितिका पदाधिकारीहरु तथा सम्पुर्ण सहयोगी दाताहरुलाई प्रमुख अतिथिबाट खादा तथा सम्मान पत्र प्रदान पनि गरिएको थियो

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments