भक्तपुर, ०९ माघ २०८०: मन्त्रीपरिषदको बैठकले जापान सरकारसंग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो।
सूचना तथा संचार मन्त्री रेखा शर्माले जापान सरकार बाट कोटेश्वोर इन्टरसेक्सन इम्पुर्भ्मेंट प्रोजेक्ट कानूनका लागि प्रस्तावित ३४ अर्व ४९ करोड जापानी यन करिव ३१ अर्व २ करोड २ रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी मसौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकार संग वार्ता गर्न गर्न वार्ता टोली गठन गर्ने निर्णय गरिएको बताएकी छन्।
साथै उनले अन्य दुइ निर्णय गरेको पनि बताईन्। यस्तो छ अन्य दुइ निर्णय:
१. २०८० माघ २२ गते ४ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपति समक्ष बैठका लागि सिफारिस गर्ने निर्णय गरियो।
२. युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ नियम ‘१६’ को उपनियम ‘१’ को खण्ड ‘क’ बमोजिम डा. अशिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिंग एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय गरियो।




