Homeबिज्ञान/प्रबिधीदूरसञ्चार प्राधिकरणको अध्यक्ष पदको लागि आवेदन माग

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदको लागि आवेदन माग

भक्तपुर, १८ माघ २०८०: नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदको लागि आवेदन माग गरिएको छ। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रकाशित गरी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदको लागि आवेदन माग गरिएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि कस्तो व्यक्तिलाई सिफारिस गरिन्छ।
१. दरखास्त पेश गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको।
२. मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १० (दश) वर्षको अनुभव प्राप्त गरेको। तर, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दशौं तह वा सो भन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त गरेको।
३. प्रचलित कानून बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको।

उपरोक्त योग्यता पुगेका इच्छुक व्यक्तिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समक्ष दरखास्त पेश गर्न सकिनेछ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments