Homeमध्यपुर थिमी विशेषटोलबस्तीको मौलिक नामांकरण सुरु

टोलबस्तीको मौलिक नामांकरण सुरु

भक्तपुर, ०४ बैशाख २०८१: मध्यपुर थिमी नगरपालिकाले टोलबस्तीको मौलिक नामांकरण सुरु गरेको छ। मध्यपुर थिमिमा नयाँ वर्षको सु-अवसर परेर नगरपालिकाले सो नामांकरण सुरु गरिएको हो।

नेपाल सम्वत ११४४ को सु-अबसरमा सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहालबाट शुभारम्भ भएको मौलिक स्थाननाम प्रतिस्थापनको कार्य सबै वडामा प्रतिस्थापनको कार्य बैशाख १ गते कोलाखु(बालकुमारी)बाट सुरु गरिएको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजय कृष्ण श्रेष्ठले बताएका छन्। नगरपालिकाले ४०० वटा भन्दा बढी संकलित मौलिक स्थाननामहरुको प्रतिस्थापनको कार्य एक महिनाभित्र सकाउने लक्ष्य लिएको उपप्रमुख श्रेष्ठको भनाइ छ।

नगरपालिकाले टोलबस्तीको नामांकरण गरिएको नामपाटी राख्न सुरु गरेको छ। आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी अहिले नगरको पुरानो ऐतिहासिक बस्तीबाट टोलबस्तीको मौलिक नामपाटी राख्ने कार्य सुरु गरिएको नगरपालिकाले जनाएको हो।

नामपाटीमा नामांकरण गरिको टोलबस्तीको नाम रञ्जना लिपी, देवनागरिक र अंग्रेजी गरी तीन वटा भाषामा लेखिएको छ। यसरी तीन वटा भाषामा नामपाटीमा नाम उल्लेख गर्दा नेवार, गैर नेवार र विदेशीहरुले समेत सजिलै टोलबस्तीको नाम थाहा पाउन सकिने नगरप्रमुख सुरेन्द्र श्रेष्ठको भनाइ छ।

समितिले ऐतिहासिक प्रमाण र स्थानीय बोलीचालीको आधारमा नगरका टोलबस्तीको मौलिक नामको पहिचान गरेको थियो। टोल बस्तीहरुमा स्थानीय बुद्धिजिवि, विज्ञ र ज्येष्ठ नागरिकहरुसँग समेत छलफल गरी उनीहरुको सल्लाह र सुझावलाई समेत समेटेर समितिले मौलिक नामलाई अन्तिम रुप दिएर अहिले नामपाटी राख्ने चरणमा पुगेको समितिका संयोजक ईं राजेन्द्र श्रेष्ठले जानकारी दिएका हुन्।




RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments