भक्तपुर, ३ भाद्र २०८१: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुराना ऐन र नीतिलाई संशोधन गर्न सुरु गरेको बताएका छन्।
राष्ट्रिय सूचना आयोगको ‘१८औँ राष्ट्रिय सूचना दिवसको अवसर’मा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
सूचनाको हकलाई फराकिलो र सहज बनाउन नीतिगत परिमार्जन आवश्यक रहेको भन्दै मन्त्री गुरुङले वर्ष दिनको कार्य योजना बनाएर पुराना ऐन र नीतिलाई संशोधन गर्न सुरु गरिएको जानकरी दिए।
उनले आमसञ्चार विधेयक निर्माणका क्रममा रहेको र मिडिया काउन्सिल ऐन अन्तिम चरणमा पुगेको बताए।