Homeफोटो फिचरनिखारिएको शंखधर चोकको सौन्दर्य

निखारिएको शंखधर चोकको सौन्दर्य

भक्तपुर, १९ भाद्र २०८१: मध्यपुर थिमि नगरपालिका काठमाडौँबाट नजिकको दुरिमा अवस्थित छ। यहाँको धर्म, कला, संस्कृती, प्राकृतिक सौन्दर्यले गर्दा पर्यटन उधोगको सम्भावना बोकेको नगरीकोरुपमा आफ्नो पहिचान वनाएको छ। तर अहिले बत्ती मुनिको उज्यालो भनेझैं मध्यपुर बनेको छ।

काठमाडौँ भक्तपुरको बीचमा अवस्थित यो क्षेत्र पर्यटकको उपस्थिती नगण्य भैरहेको छ। यसलाई सुधार्न मध्यपुर थिमि नगरपालिकाले धेरै योजना अगाडी ल्याएको छ। सम्पदाहरुको संरक्षण, पुन:निर्माण देखि नव: निर्माणलाई द्रुत गतिमा अगाडी बढाएको छ। जसले मध्यपुरको पर्यटन विकासमा सघाउने मध्यपुर थिमि नगरपालिकाले विश्वास लिएको छ।

जसको उदाहरणकोरुपमा शंखधर चोकमा अवस्थित शंखधर पार्कलाई लिन सक्छौं जहाँ हस्तकलाको सामान प्रवर्द्धनका साथै पर्यटकलाई आकर्षित गर्ने अभिप्रायका साथ मल्लकालिन फल्चा शैलीमा पसल कवलहरु निर्माण भैरहेको छ जसले सो पार्कको सौन्दर्यमा थप निखार थपिनुका साथै मध्यपुरको पुरातात्त्विक वस्तीहरु थिमि, नगदेश बोदे छिर्ने प्रमुख पुरातात्त्विक मार्गको शोभा पनि बढाउने छ।

जसले पर्यटकलाई आकर्षित गर्न सहयोगी सिद्धहुने विश्वास लिएको मध्यपुर थिमि नगरपालिकाको उपप्रमुख बिजय कृष्ण श्रेष्ठले जानकारी गराए। त्यस्तै शंखधरचोकमा अवस्थित गणेशको मन्दिर, भाफल्चा, शंखधरको शालिकले थप सुन्दरता थपेको छ।

भा-फल्चा:,शंखधरचोक


मध्यपुर थिमि मौलिक पेशाको लागि पनि आफ्नो छुट्टै पहिचान स्थापित गरेको नगरी हो। यहाँको माटोको सरसामान बनाउने पेशा, कपडा बुन्ने पेशा, माटोका मुकुन्दो बनाउने पेशा त्यसका केही उदाहरण हुन ती पेशाहरुलाई विश्व बजारमा पुर्याउने उदेश्य पनि नगरपालिकाले लिएको छ। त्यसैले ती उद्योगको विकास, विस्तार, प्रवर्द्धनमा मध्यपुर थिमि नगरपालिका लागि रहेको छ।

मध्यपुर थिमिमा रहेको सम्पदा, पेशा प्रवर्द्धन मार्फत रोजगारी सृजना गर्ने अभिप्रायका साथ यहि वर्षको पौष १२, १३, १४ गते मध्यपुर महोत्सव हुँदै छ। सो महोत्सव सम्ममा शंखधर चोकको निर्माणाधीन फल्चा तथा बजार व्यवस्था गरिसक्ने नगरपालिकाले योजना बनाएको उपप्रमुख श्रेष्ठले जनाएका छन्। जसले महोत्सवलाई थप आकर्षक बनाउने उपप्रमुख श्रेष्ठको भनाइ छ।

सुन्दर शंखधर पार्क

प्रवर्दनका लागि परम्परागत शैलिमा निर्माण भएको फल्चा।
हल्तकला उधोगका वस्तु बिक्रिलाई निर्माणाधीन फल्चा शैलिको पसल कवल।
निर्माणाधीन फल्चा र फल्चा निर्माण हुन बाँकी क्षेत्र।
निवर्तमान सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वाट मौलिक स्थान-नाम प्रतिस्थापन शुभारम्भ गरिएको परम्परागत शैलिमा स्थापित नामपाटी ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments