Homeबिश्व खवरअमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । राष्ट्रपति ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

कुल पाँच सय ३८ सिटमा ट्रम्पले दुइ सय ७७ र कमला ह्यारिसले दुइ सय २४ सिट प्राप्त गरेको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ । जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो ।

उनको विजयले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न प्रतिक्रिया उत्पन्न गराएको छ, विशेषगरी अमेरिका–चीन सम्बन्ध, जलवायु परिवर्तन नीतिहरू र नाटो जस्ता मुद्दाहरूमा गहिरो प्रभाव पर्ने अनुमान गरिएको एपी न्यूजले जनाएको हो ।

ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवारमार्फत निर्वाचित भएका हुन् ।

सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments