Homeकला/संस्कृतिमहाभूकम्प सम्वन्धी एकल फाेटाे प्रदर्शनी !

महाभूकम्प सम्वन्धी एकल फाेटाे प्रदर्शनी !

बिसं २०७२ बैशाखकाे महाभूकम्प गएकाे छ वर्ष पुगेकाे दिन मध्यपुर थिमि निगूपुखुमा महाभूकम्प सम्बन्धि फाेटाे प्रदर्शनीकाे आयोजना गरियाे । राष्ट्रिय समाचार समितिका फाेटाे पत्रकार रत्नकृष्ण श्रेष्ठले महाभूकम्पमा कैद गरिएका फाेटाेहरूकाे प्रदर्शनी गरिएकाे थियाे । प्रदर्शनीमा काठमाडौं , भक्तपुर र ललितपुरका मठमन्दिर, गुम्बा, पुरातात्त्विक सम्पदा तथा निजी घर र घाइतेहरूकाे फाेटाे प्रदर्शनीमा राखिएकाे थियाे ।

मध्यपुर सञ्चार समाजकाे आयोजनामा भएकाे साे प्रदर्शनीमा खास गरि धरहरा, काष्ठमण्डप , पशुपति क्षेत्रकाे विश्वरूप मन्दिर, स्वयम्भू , वसन्तपुर दरवार क्षेत्र , भक्तपुर दरवार क्षेत्र , पाटन दरवार क्षेत्र , साँखु, किर्तिपुर, थिमि, बुंगमति लगायतका क्षतिग्रस्त सम्पदा र उद्वार गरिएका फाेटाेहरू राखिएको थियाे । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गरिएको साे प्रदर्शनीमा फाेटाेपत्रकार श्रेष्ठको १०५ वटा भूकम्प सम्झाउने फाेटाेहरू राखिएकाे थियाे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments