Homeमनोरञ्जनअरुण थापा स्मृती दिवस भब्यरुपमा सम्पन्न

अरुण थापा स्मृती दिवस भब्यरुपमा सम्पन्न

भक्तपुर, ०६ श्रावण २०८१:शनिबार अरुण थापा स्मृती दिवस भब्यरुपमा सम्पन्न छ। मध्यपुर थिमि नगरपालिका वडा न.४ स्थित सिबर्ड कलेजमा सो दिवस सम्पन्न गरेको हो।

भक्तपुर साङ्गितिक समाजको आयोजना तथा मध्यपुर थिमि नगरपालिकाको सहयोगमा सम्पन्न भएको अरुण थापा स्मृती दिवसमा नयाँ गायक गायिकाहरुबाट स्वर्गीय गायक अरुण थापाको कालजयी गित गाएका थिए।

सो कार्यक्रममा स्वर्गीय अरुण थापाका मीत तथा पप गायनका सम्रात कहलिएका पप गायक तथा कम्पोजर ओम बिक्रम बिष्टलाई दोसला ओढाई सम्मानपत्रका साथ मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुख र उपप्रमुखबाट सम्मान गरिएको थियो। सो क्रममा सम्मानिय ब्यक्तित्वबाट आफ्नो मीत स्मरण गर्दै श्रद्धासुमन अर्पण गरे।

मन्तब्यको क्रममा आफ्नो मीत अरुण थापाको बिषयमा बोल्दै गर्दा उनको बोली अबरुद्ध भएको अनुभुती भएको थियो। कार्यक्रमको सम्बोधन गर्नेक्रममा गायम ओम बिक्रम बिष्टका गितहरु गायकहरुबाट प्रस्तुति भएको थियो। जसले उपस्थित सम्पुर्ण दर्शक दिर्घालाई मनोरञ्जन दिलायो।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले आउँदा दिनमा यस्ता कार्यक्रमहरुलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमले भरपुर मनोरन्जन दिएको ठकान मेटिएको अनुभव ब्यक्त गरे। साथै युवा पुस्ताको गायनशैलीको तारिफ गर्दै प्रमुख श्रेष्ठले गायक ओम बिक्रम बिष्टलाई बधाई ज्ञापन तथा स्वर्गीय गायक अरुण थापा प्रती श्रद्धासुमन ब्यक्त गरे।

सो कार्यक्रमको संचालन रचनाकार सुभाषचन्द्र ढुङ्गेलबाट आकर्षक तवरबाट संचालन भएको थियो। लाग्थ्यो, सो कार्यक्रममा प्राण भर्ने काम कार्यक्रम संचालकबाट भएको थियो।

सो कार्यक्रम भक्तपुर सांगितिक समाजको अध्यक्ष अल्वर्ट बज्राचार्यको सभापतित्व तथा नगरप्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपप्रमुख बिजय कृष्ण श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा स्वर्गीय अरुण थापाको कालजयी गितहरु
जति माया लाय पनि, जति कसम खाए पनि, रितुहरुमा तिमी, यो मनको के भर हुन्छ, साझको जुन सङ्गै, लगायतका गितहरुको प्रस्तुति रहेको थियो। सो कार्यक्रम मार्फत बाल गायक बिश्वकर्मा लाई भूषण खरेल नव प्रतिभा पुरस्कारबाट नगद रु ५००० सहित सम्मान गरिएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments