Homeमनोरञ्जनअन्तरविद्यालय लोकनृत्य प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण

अन्तरविद्यालय लोकनृत्य प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण

भक्तपुर, २ असोज २०८१: मह्यापुर थिमि नगरपालिकाले शिक्षा दिवसको अवसरमा आयोजना गरिएको अन्तरविद्यालय लोकनृत्य प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरेको छ। मंगलबार कृषि विकास तालिम केन्द्र बोदेमा प्रतियोगिता संचालन गरिएको थियो।

लोकनृत्य प्रतियोगितामा त्रीस्तार ईङ्गलिस स्कुल प्रथम, युनिक ऐकेडेमी द्वितीय, तपोभुमी स्कुल तृतीय हुन सफल भएको थियो। त्यस्तै गरि आदर्श मावि, सानोठिमी, नवरत्न लाइफ स्कुल र चाणक्य सेकेण्डरी स्कुलले सान्त्वना स्थान प्राप्त गरेको थियो।

नगरपालिका अन्तर्गत शिक्षा, युवा र खेलकुद शाखाका वरिष्ठ सहायक धना गिरिले प्रतियोगितामा बिजयी हुनेलाई ट्रफी, प्रमाणपत्र, मेडल र नगद पुरस्कारको व्यवस्था गरेको बताईन्। उनका अनुसार प्रतियोगितामा बिजयी भएको त्रीस्तार ईङ्गलिस स्कुललाई ट्रफी, प्रमाणपत्र, मेडल र १० हजार नगद पुरस्कार वितरण गरिएको थियो।

त्यस्तै द्वितीय हुनेलाई ट्रफी, प्रमाणपत्र, मेडल र ८ हजार नगद पुरस्कार, तृतीय हुनेलाई ट्रफी, प्रमाणपत्र, मेडल र ५ हजार नगद पुरस्कार र सान्त्वना स्थान प्राप्त गरेको तीन वटा स्कुललाई ट्रफी, प्रमाणपत्र, मेडल र 2 हजार ५ सय नगद पुरस्कार वितरण गरिएको उनले जानकारी दिईन्।

विजयी प्रतियोगिहरुलाई प्रमुख अतिथी माननीय दुर्लभ थापा, नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, नगर उपप्रमुख बिजय कृष्ण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरुबाट ट्रफी, प्रमाणपत्र, मेडल सहित सम्मान गरेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments