Homeमनोरञ्जन‘नमान लाज यसरी’ गीतका गायक तिमिल्सिनाको निधन

‘नमान लाज यसरी’ गीतका गायक तिमिल्सिनाको निधन

भक्तपुर, २७ श्रावण २०८१: ‘नमान लाज यसरी’ गीतका गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा निधन भएको हो।

गायक तिम्लिसिनाको आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिएका हुन्। सुवेदीका अनुसार तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन्। उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।

तिमिल्सिनाका ‘नमान लाज यसरी’का साथै ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीतहरू चर्चित छन्।

उनको आजै पशुपतिमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ। त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिनेछ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments