चाँगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरीमा ४०० एभाेकाडाेकाे बिरुवा वितरण गरिएको छ ।
शनिबार बिहान सद्भाव टाेलका स्थानीयलाई निशुल्क बिरुवा वितरण गरिएको हो।
चाँगुनारायण सिटी एभाेकाडाेकाे सिटी अभियान अन्तर्गत बिरुवा वितरण गरिएको अभियानका संयोजक नरेश खड्काले जानकारी दिए ।
बिरुवा वितरण कार्यक्रममा बोल्दै अभियानका परिकल्पानाकार डि.पि ढकालले अभियानले एभाेकाडाकाे बिरुवा वितरण मात्र नभई यसको बिक्रीमा समेत सहयोग पुर्याउने उद्देश्यले विभिन्न स्वदेशी तथा बिदेशी बजारमा निर्यातका लागी पहल गर्ने प्रतिबद्धता गरेका छन् ।
सो अवसरमा अभियन्ता एंव समाजसेवी दिनेश खनालले वितरण गरिएको एभाेकाडाे उत्पादन हुन थालेपछी यसले कम्तिमा १ घरमा वार्षिक २५ देखि ५० हजारसम्म आम्दानी हुने र यसले चाँगुनारायणका जनतालाई ठूलो आर्थिक राहात पुग्ने बताए ।
साथै कार्यक्रमा बोल्दै चाँगुनारायण नगरपालिका वडा नं ७ का वडा अध्यक्ष श्याम कृष्ण नायजु श्रेष्ठले अभियानले प्रथम बर्ष वितरण गरेको बिरुवाले फल दिन थालिसकेको जानकारी गराउदै यसको निमित्त अभियानका परिकल्पनाकार डि.पि ढकाललाई धन्यवाद समेत दिए ।
कार्यक्रममा अभियन्ता रामकुमार तामाङ, चण्डिका लामिछाने, राजन लामिछाने, हरिस लामिछाने, मदन श्रेष्ठ सुमन दाहाल,बिनोद लामिछाने, दिपेश लामिछाने लगाएतको उपस्थिती रहेको थियो ।